काठमाडौं । संघीय संसद सचिवालयले प्रत्येक कानुन निर्माणमा जनताको सुझाव लिने भएको छ ।
कानुन निर्माण प्रक्रिया अन्तर्गत संसदमा सरकारी र गैरसरकारी विधेयक दर्ता हुन्छ । विधेयक दर्ता भएपछि प्रतिनिधिसभाले जनताको बीचमा छलफलमा लैजाने कि नलैजाने भनी निर्णय लिएर अगाडि बढ्ने कानुनी व्यवस्था र अभ्यास छ । तर, विधेयक जनताका बीचमा छलफलमा लैजाने अभ्यास कम छ ।
प्रचलित अभ्यासमा विधेयक बनिसकेपछि जनताले सिधा राय दिन सक्दैनन् । सांसदहरुले संशोधन प्रस्तावमार्फत जनताको राय र सुझावलाई समेट्ने विश्वास गरिन्छ ।
तर, अबदेखि संसदले विधेयकलाई प्रतिक्रियाका लागि जनतासमक्ष लैजान सक्ने अधिकारको प्रयोग गरे पनि, नगरे पनि प्रत्येक कानुन निर्माणमा जनसुझाव लिने संघीय संसद सचिवालय संसदीय अध्ययन तथा अनुसन्धान महाखाशाको निर्णय छ ।