May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

का सुन व्यवसायीलाई सुनको औँठी देखाएर पहेँलो धातु बिक्री गर्ने एकजना पक्राउ

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ 0९:१८
का सुन व्यवसायीलाई सुनको औँठी देखाएर पहेँलो धातु बिक्री गर्ने एकजना पक्राउ

झापा  । सुन व्यवसायीलाई नै नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इलाम फाक्फोकथुम गाउँपालिका– ७ घर भई हाल झापा बिर्तामोड नगरपालिका– ५  बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराइली रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

श्रेष्ठले गत बुधवार मेचीनगर नगरपालिका– ९ स्थित रोशन कुमार गजमेरले सञ्चालन गरेको हनुमान ज्वेलर्समा गएर दुई वटा सुनको बेरुवा औँठी (तीन तोला) बिक्री गरेका थिए ।

त्यसबापत ज्वेलर्स सञ्चालक गजमेरले श्रेष्ठलाई १ लाख ८० हजार दिने भनेका थिए । १ लाख ७० हजार तत्काल भुक्तानी गरेको ज्वेलर्स सञ्चालक गजमेरले अहिले १० हजार अपुग भएकोले भोलि पर्सि लिन आउनु भन्दै श्रेष्ठलाई पठाएका थिए ।

श्रेष्ठ पनि गजमेरको कुरा पत्ताएर त्यो दिन हिँडे । ‘त्यसपछि ज्वेलर्स सञ्चालक गजमेरले खरिद गरेको दुई वटा औँठीको चेकजाँच गर्दा त्यो सुन नभई पहेँलो धातु भएको थाहा पाए,’ डीएसपी पाठकले भने, ‘ठगी गर्नेले पहेँलो धातुमाथि सुनको कोटेट (रङ्ग दलेको) लगाएको औँठी बेचेको रहेछ, त्यो थाहा पाए लगतै ज्वलेर्स सञ्चालकले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी हाले ।’

ठगी गर्ने श्रेष्ठले त्यही ज्वेलर्समा बाँकी रहेको १० हजार लिन आउँदा प्रहरीले शुक्रबार साँझ ५ बजे पक्राउ गरेको उनले बताए । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ 0९:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट