April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

जाडोले जनजीवन प्रभावित परिवारलाई न्यानो कम्बल पाएपछि….

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:२१
जाडोले जनजीवन प्रभावित परिवारलाई न्यानो कम्बल पाएपछि….

गंगाराम मण्डल इनरुवा,

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई कम्बल वितरण गरेको छ । सितलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल प्रदान गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अतिविपन्न मुसहर परिवारलाई कम्बल प्रदान गर्नुभएको हो । शुक्रबार इनरुवा नगरपालिका ९ बबियाको प्रभावित मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई घरघरमै पुगेर कम्बल वितरण गर्नुभएको छ । प्रजिअ यादवले २७ जना विपन्न परिवारलाई ३० वटा कम्बल प्रदान गर्नुभएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका र केहीले बोरा ओडेर समेत रात कटाईरहेको सूचना आएको अधारमा इनरुवा नगरपालिका–९ का अतिविपन्न २७ जनालाई एक÷दुई वटा कम्बल प्रदान गरिएको जानकारी प्रकाशान कार्याले दिएको छ ।


समितिको स्रोतबाट कम्बल प्रदान गरिएको जनाएको छ । कम्बल वितरण कार्यक्रममा प्रजिअ यादव सहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, प्रशासकीय अधिकृत तथा सर्वसाधारणको सहभागिता थियो । अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
विगत दुई हप्तादेखि अत्यधिक मात्रामा जाडो बढेको र दिनभर घाम नलाग्दा घरबाट बाहिर निस्कन पनि अप्ठ्यारो भएपछि एकसत्तायता संस्थागत तथा सामुदायिक विद्यालयमा समेत जाडो बिदा दिएको छ ।


बोरा ओडेर रात बिताउनेले कम्बल पाएपछि भए खुसी
इनरुवा नगरपालिका ९ बबियाको मुसहरी सतैर बबिया टोलकी ८० वषिर्या बोदोदेवी ऋषिदेव जाडोबाट जोगिनका लागि ओढ्ने ओच्छउाने नभएपछि महिनौदेखी कपासको बोरा ओडेर रात बिताउदै आउनुभएको थियो । सोही विषयमा जानकारी पाएर सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार ओढ्ने र ओच्छाउने दुई थान कम्बल प्रदान गर्नुभएपछि ऋषिदेवको अनुहारमा सुखि देखियो । सुकुम्बासी त्यसमाथि जेष्ठ नागरिक र आर्थिक विपन्नताले न्यानो कपडा किन्ने पैसा नभएपछि बोरा ओडेर रात कटाउने र दिनमा घुर बालेर बस्ने गरेकोमा कम्बल पाएपछि ऋषिदेवको खुसीको सिमा नै रहेन । उहाँले मुसहर परिवारलाई पनि सरकारले कम्बल प्रदान गर्ने भन्ने सोच्नुपनि भएको थिएन तर घरमै दुई थान कम्बल लिएर सरकारी अधिकारी पुगेपछि राहतको महसुस भएको बताउनुभयो ।
बोरा ओडेर रात विताउने ऋषिदेव सहित मुसहरीका विपन्नलाई कम्बल वितरण कार्यक्रममा गैरसरकारी संस्था महासंघका सदस्य सरिता कार्की घिमिरे, पत्रकार जयकृष्ण यादव र गणेश यादव लगायतको सहभागिता थियो ।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?