May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कोशी अस्पतालले मृत घोषित गरेको नवजात शिशु घर पुर्याउदा शास फेरेपछि..

  • साझा परिवेश
  • बुधबार, माघ ४, २०७९ १९:१५
कोशी अस्पतालले मृत घोषित गरेको नवजात शिशु घर पुर्याउदा शास फेरेपछि..


काठमाडौं । १८ दिनका शिशुले आमाको दूध नखाएपछि अचानक स्वासप्रश्वासमा समस्या देखिन्छ । उपचारका लागि कोशी अस्पतालको आकस्मिक कक्षमा लगिन्छ । । ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहितको टोलि बच्चाको उपचारमा लाग्छ । अकस्मिक कक्षमा नवजात शिशुलाई स्वास्थ्य जाँच गरिन्छ र केही क्षणमा चेकजाँच पछि डा. आकाश यादवले भन्छन ‘छोरीको सास छैन । घर लैजानु ।’
यो सुनिसक्दा बिराटनगरकी बच्चाकी आमा उमादेवी मुखियालाई आफन्तको रुवाबासी चल्छ । पुस १७ गते जन्मिएकी छोरी मृत घोष्णाले परिवार शोकमा डुब्यो अस्पताल बाट घर अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गए । तर घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेरिन् । हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरे ।
यसरी जिवित शिशुलाई मृत घोष्णा गरेर जिवन माथि खेलबाड गर्ने कोशी अस्पतला प्रशासन र डाक्टरको चरित्र उदागो भएको छ ।
बुधबार बिहान भर्ना गरिएकी शिशुको एनआईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कम तौलको शिशुमा शारीरिक कमजोरी, संक्रमण र चिसोका कारण समस्या भएको हुनसक्ने गोल्डेन अस्पतालका चिकित्सक डाक्टर सतिश यादवले जानकारी दिएका छन् । उमादेवीका अनुसार छोरीले दूध नखाएपछि बिहान कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुलाई तीन जनाले जाँच गरेका थिए । चिकित्सकले लापरबाही गरी आफ्नो बच्चालाई जिउँदै हुँदा मृत घोषित गरेको उनले आरोप लगाइन् ।
चिकित्सकमाथि हातपात
मृत घोषित गरेको शिशुले सास फेरेपछि गोल्डेन अस्पताल भर्ना गरेका शिशुका आफन्तले कोशी अस्पतालमा गएर चिकित्सकमाथि हातपात गरेका छन् ।
शिशुको उपचारमा कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी खटिएका थिए । शिशुका आफन्तले हातपात गर्दा उनी सामान्य घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै हातपातमा उत्रिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

कोशी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले हातपात गर्नेहरुले माफी मागेपछि मिलापत्र भएको बताए । उनले शिशुलाई मृत घोषित गरेको विषयमा चिकित्सकमाथि सोधपुछ गरिएको बताए ।
सञ्चारकर्मीमाथि दुर्व्यवहार
जिउँदो शिशुलाई अस्पतालले मृत घोषित गरेको विषया रिपोर्टिङका लागि पुगेका पत्रकारले आफूमाथि कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले दुर्व्यवहार गरेको बताएका छन् । रिपोर्टिङका लागि पुगेका स्थानीय पत्रकार सोनुकुमार दासले आफूमाथि दुर्व्यवहार भएको बताएका हुन् । बुधबार बिहान मेसु यादवले आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको उनले बताए । शिशुको उपचारको विषयमा प्रश्न गर्दा आफूलाई ठेलेर कार्यालयबाट बाहिर निकालेको उनले बताए । पछि मेसु यादवले उनीसँग माफी मागेका थिए ।
मान्छे को जिवन् संग खेलवाड गर्ने डाक्टर लाई कडा भन्दा कडा कारवाही हुन्छ कि हुदैन स्वास्थ्य मन्त्री ज्यू । हिजै मात्र जिम्मेवारी पाए पछि निक्लै फुरकेउलि शैलीमा प्रस्तुत हुदै उपचार नपाएर कोही मर्नु पदैन भन्ने माननिय स्वास्थ्य तथा राज्यमन्त्री तोसिमा कार्की ज्यू त यहाँ त जीउँदै लाई मारिसके तपाइको भूमिका के ? चरम लापरबाही पराकाष्ठा । गृहमन्त्री , स्वास्थ मन्त्री ज्यु निमुखा जनता जिउदै मार्ने खेल कहिले सम्म ?

  • साझा परिवेश
  • बुधबार, माघ ४, २०७९ १९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।