May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १७:११
आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग

प्रतिनिधिसभा बैठकमा नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेका हुन्।

यसैगरी जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको भनाइ राखे।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरे।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शैय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको हुँदा उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न आग्रह गरे।

स्वतन्त्र सांसद प्रभु साहले कालो बजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकाय भए पनि त्यसको काम प्रभावकारी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

 

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।