April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

तीनकुनेमा दुर्गा प्रसाईंका समर्थक प्रहरीको फन्दामा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० ११:५७
तीनकुनेमा दुर्गा प्रसाईंका समर्थक प्रहरीको फन्दामा
  • दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीद्वारा तीनकुनेमा धरपकट
  • कार्यक्रममा सहभागी हुन आएका कार्यकर्ता प्रहरीको कब्जामा 
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगायो 

काठमाडौं

दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकट गरेको छ। प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको नाममा तीनकुनेमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकट गरेको हो। प्रत्यक्षदर्शीका अनुसार कार्यक्रममा सहभागी हुने आएका ८-९ जनालाई तीनकुनेबाट अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ। प्रहरीले समूहमा जम्मा भएकामाथि निगरानीसमेत बढाएको छ।

प्रसाई पक्षले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने उद्घोष गरेका थिए। तर उनीहरुले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला-जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता रविन्द्रप्रसाद आचार्यले गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको बताएका छन्।

प्रसाईंले गणतन्त्रविरोधि अभियानको थालनी गरेपछि प्रशासनले कडाई गरेको हो  मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म निरन्तर आन्दोलनमा रहने उद्घोष गरेको छ। प्रसाईँले बिहीबार शुक्रबारदेखि हरेक दिन तीनकुनेमा भेला भएर आन्दोलन गर्ने र राजनीतिक दलका नेताका घर र सिंहदरबार घेर्ने उद्घोष गरेका थिए। प्रसाईं निवास वरिपरि पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। निवासबाटै  प्रसाईंले केहि समय अगाडि पत्रकारसँग आफूलाई घरमै नजरबन्दमा पारिएको आरोप लगाएका छन्। प्रहरीले बिहीबारको कार्यक्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जनालाई समेत पक्राउ गरेको छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।