May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा

१४० केजीका मलेशियन नागरिक डोली चढेर पाथिभरा दर्शनमा

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ १८:0४
१४० केजीका मलेशियन नागरिक डोली चढेर पाथिभरा दर्शनमा


गणेशकुमार श्रेष्ठ (ताप्लेजुङ)
नेपालमा प्रशिद्ध शक्तिपिठ पाथिभरा देविको मन्दिर छ भन्ने सुनेर ४ जना मलेशियन तामिल जातका नागरिक ताप्लेजुङ पाथिभरा दर्शन गर्न आएका छन् । ४ जना मध्ये १ जना १४० के.जी तौलका रहेका र उहाँले ८ जना भरियाको सहयोगमा स्टेचरमा बोकाएर पाथिभरा माताको दर्शन गर्नु भएको पाथिभरा क्षेत्र विकास समितिका मन्दिर व्यवस्थापन कर्मचारी राजेन्द्र महतले जानकारी गराउनु भयो । उहाँहरु मलेशियामा रेष्टुरेन्ट र सेक्युरिटी कम्पनीको व्यवशाय गरि वस्ने नेपाली नागरिक राजु तामाङको सहयोेगमा पाथिभरा माताको दर्शन गर्न आउनु भएको थियो । ५ वर्ष अगाडि देखिको पाथिभरा दर्शनको लागि आउने योजना वनाएका उहाँहरुले जानकारी गराउनु भयो ।
मलेशियन नागरिकहरुले पाथिभरा माताको दर्शन गरेको थाहा पाएपछि पाथिभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले जानकारी पाए पछि अनुभव साटासाटको लागि मेवाखोला हिल रिसोर्टमा बोलाएर समितिका पदाधिकारीहरुले विदाई गरेको समितिका उपाध्यक्ष नारायण थापाले जानकारी गराउनु भयो । स्टेचर यात्रामा उहाँको ७५ हजार रुपैयाँ खर्च भएको समेत सहयोगी राजु तामाङले जानकारी गराउनु भएको थियो । उहाँहरुको पाथिभरा आगमनले माथिभरा माताको महिमा विश्वव्यापी रुपमा बढ्दै गएको समितिका उपाध्यक्ष थापाले बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ १८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।