July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कठिन परिस्थितिमा आएको बजेट मिलाउन समय लाग्छ : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:५८
कठिन परिस्थितिमा आएको बजेट मिलाउन समय लाग्छ : अर्थमन्त्री

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए।’

कोभिडको प्रभाव, रुस-युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको भन्दै विगतदेखिका समस्या एकै पटक नसल्टिने समेत उनले बताए ।

बजेटमा विपक्षी दलका नेताले २ घण्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा भएको पुष्टि हुने उनले बताए । ‘यसबाट पुष्टि हुन्छ, बजेटमा केही महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ’, उनले भने ।

बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भीरताका साथ हेरेको उनले बताए । आईटी क्षेत्र, स्टार्टअपका विषय यसतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।

बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको उनले बताए । बजेटमा आएका नाराहरु कार्यक्रमसँग सम्बन्धित रहेको बताए ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्