May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

दुर्गा प्रसाईँको महाअभियानका लागि आत्मदाह प्रयास गरेको चौधरीको बयान

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १३, २०७९ 0९:00
दुर्गा प्रसाईँको महाअभियानका लागि आत्मदाह प्रयास गरेको चौधरीको बयान

बिर्तामोडको मुक्ति चौकमा गत मङ्गलवार आत्मदाहको प्रयास गरेका बिर्तामोड- ७ का ३४ वर्षीय विजय चौधरीले आफूले दुर्गा प्रसाईँका लागि आत्मदाह गरेको बयान दिएका छन् ।

प्रहरीले बयान लिने क्रममा उनले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईँले सञ्चालन गरेको ‘नागरिक बचाउ महाअभियान’का लागि समेत आफूले आफ्नो शरीरमा आगो लगाएको कुरा बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार चौधरीले पारिवारिक समस्या, बैङ्कको ब्याजलगायतका समस्यासँगै प्रसाईँको अभियानलाई समर्थन जनाउनसमेत आत्मदाह प्रयास गरेको बयान दिएका छन् । कसैको उक्साहटमा नलागेर आफ्नै इच्छाले त्यस्तो प्रयास गरेको चौधरीको भनाई छ । ‘प्रहरीले प्रारम्भिक बयान मात्र लिएको छ ’ डीएसपी कार्कीले भने,‘ निको भइसकेपछि हामी पूर्ण रुपमा बयान लिन्छौँ ।’

बीएण्डसी हस्पिटलमा उपचाररत चौधरीको अवस्था सामान्य बन्दै गएको छ । अब केही दिनमा उनलाई डिस्चार्ज दिने बताइएको छ । चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । चौधरी बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईँका ठुलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईँको ट्याटु नै बनाएका छन् । बीएण्डसीमा काम गरेका चौधरी सामान्य परिवारका हुन् । उनको परिवारका तीन जना सदस्य चालक हुन् । गत वर्ष निधन भएका उनका बुवा हरिराम चौधरी जिल्ला शिक्षा कार्यालयको गाडी चलाउँथे ।

त्यस्तै विजयका जेठा दाजु जय पनि निर्वाचन कार्यालयको गाडी चलाउँथे । गत वर्ष दुर्घटनामा परेपछि एक वर्षदेखि जय थला परेर घरमा छन् । विजयका दुईजना श्रीमती रहेको छिमेकीले बताएका छन् । जेठी श्रीमती र छोरी बीएण्डसीमा काम गर्छन् भने कान्छी श्रीमती र उनका दुई छोराछोरी घरमा बस्छन् ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १३, २०७९ 0९:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।