sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुर्गा प्रसाईँको महाअभियानका लागि आत्मदाह प्रयास गरेको चौधरीको बयान

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १३, २०७९ 0९:00
दुर्गा प्रसाईँको महाअभियानका लागि आत्मदाह प्रयास गरेको चौधरीको बयान

बिर्तामोडको मुक्ति चौकमा गत मङ्गलवार आत्मदाहको प्रयास गरेका बिर्तामोड- ७ का ३४ वर्षीय विजय चौधरीले आफूले दुर्गा प्रसाईँका लागि आत्मदाह गरेको बयान दिएका छन् ।

प्रहरीले बयान लिने क्रममा उनले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईँले सञ्चालन गरेको ‘नागरिक बचाउ महाअभियान’का लागि समेत आफूले आफ्नो शरीरमा आगो लगाएको कुरा बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार चौधरीले पारिवारिक समस्या, बैङ्कको ब्याजलगायतका समस्यासँगै प्रसाईँको अभियानलाई समर्थन जनाउनसमेत आत्मदाह प्रयास गरेको बयान दिएका छन् । कसैको उक्साहटमा नलागेर आफ्नै इच्छाले त्यस्तो प्रयास गरेको चौधरीको भनाई छ । ‘प्रहरीले प्रारम्भिक बयान मात्र लिएको छ ’ डीएसपी कार्कीले भने,‘ निको भइसकेपछि हामी पूर्ण रुपमा बयान लिन्छौँ ।’

बीएण्डसी हस्पिटलमा उपचाररत चौधरीको अवस्था सामान्य बन्दै गएको छ । अब केही दिनमा उनलाई डिस्चार्ज दिने बताइएको छ । चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । चौधरी बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईँका ठुलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईँको ट्याटु नै बनाएका छन् । बीएण्डसीमा काम गरेका चौधरी सामान्य परिवारका हुन् । उनको परिवारका तीन जना सदस्य चालक हुन् । गत वर्ष निधन भएका उनका बुवा हरिराम चौधरी जिल्ला शिक्षा कार्यालयको गाडी चलाउँथे ।

त्यस्तै विजयका जेठा दाजु जय पनि निर्वाचन कार्यालयको गाडी चलाउँथे । गत वर्ष दुर्घटनामा परेपछि एक वर्षदेखि जय थला परेर घरमा छन् । विजयका दुईजना श्रीमती रहेको छिमेकीले बताएका छन् । जेठी श्रीमती र छोरी बीएण्डसीमा काम गर्छन् भने कान्छी श्रीमती र उनका दुई छोराछोरी घरमा बस्छन् ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १३, २०७९ 0९:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid