April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

सर्लाही : पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:४२
सर्लाही :  पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

 सर्लाही
सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली रहेको बुझिएको छ। जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी रिक्त् छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली रहेको जिल्ला शिक्षा  विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए। त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८, विद्यालय सहयोगी कर्मचारी ८६ तथा निजी स्रोतका शिक्षक एक सय आठ दरबन्दीमा कार्यरत रहेका बुझिएको छ । जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी जनशक्ति कार्यरत रहे पनि सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्कँदो छ।

जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा दुई हजार नौ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन्। रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ। जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा अध्यायन तथा अध्यापनमा सुधार हुन सकेको छैन।

बीस स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थी सङ्ख्या न्युन हुँदै गएको छ। केही विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै रहेको भए पनि शिक्षकको अभाव छ। केही विद्यालयमा शिक्षक मात्र छन भने केहीमा विद्यार्थी नै नभएको अवस्था बुझिएको छ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट