April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

हिंसात्मक झडपमा ११ जनाको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:२८
हिंसात्मक झडपमा ११ जनाको मृत्यु
  • शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप
  • झडपमा ११ जनाको मृत्यु
  • वरिष्ठ सदस्य र उनका चार अंगरक्षकको हत्या

बेरुत ।।

दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल-हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल-शाम संगठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अंगरक्षकको हत्या गरेको छ ।

जन्द अल-शाम र फताह नामक इस्लामवादी संगठनबीचको द्वन्द्वले आइन अल-हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका प्रशासक रियाद अबो एलेइनले बताएका छन् । शिविर भित्रबाट गोलाबारीको आवाज आएन बन्द भएको छैन ।

प्यालेस्टाइनको राष्ट्रिय एकतातर्फ अघि बढ्ने प्रयासमा फताह र हमास जस्ता प्यालेस्टाइनका विरोधी संगठनहरू इजिप्टमा मेलमिलाप वार्ताका लागि भेला भए पनि गाजा क्षेत्रमा शासन गर्ने इस्लामवादी संगठन हमासले सन् २००७ मा प्यालेस्टिनी प्राधिकरणबाट तटीय क्षेत्र कब्जा गरेदेखि हिंसात्मक झडप रोकिएका छैनन् ।

सन् २०१७ मा प्रतिद्वन्द्वी गुटहरूबीचको द्वन्द्व रोक्न धेरै प्रयास भए पनि फताह र इस्लामवादी समूहहरू बीच धेरै महिनादेखि निरन्तर लडाइँ भयोभने त्यसमा परी २० जनाले ज्यान गुमाउनका साथै दर्जनौ घाइते भएका थिए । प्यालेष्टिनी समूहले नै शिविरको सुरक्षा गर्ने भएकाले त्यहाँ लेवनानका सुरक्षाकर्मीको कुनै भूमिका हुँदैन । रासस/एएनआई

 

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।