April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

बाँसबारी वनको चुनावी मैदानमा यी हुँन उम्मेद्वार

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ २0:४५
बाँसबारी वनको चुनावी मैदानमा यी हुँन उम्मेद्वार


काठमाडौं ।। यही फागुन २० गते शनिबार निर्वाचन हुन लागेको झापाको हुदैछ । मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन कडा हुने देखिएको छ ।
पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचय कमाएको यस वनको निर्वाचमा उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
एमाले निकट समूह र काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा छन । एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूह र काँग्रेस निकट लोकतान्त्रिक समूह चुनावमा होमिएको छ । एमालेबाट अम्बिका मैनाली प्रसाईं अध्यक्ष पदमा उठेकी छिन् भने काँग्रेस समूहबाट भक्त तामाङ मैदानमा छन ।


बामपन्थी समूहबाट उपाध्यक्ष पदमा यशोदा डाँगी, सचिव पदमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्ष पदमा सुनिल राजवंशी र सहसचिव पदमा नरेन्द्र राईको उम्मेदवारी रहेको छ ।
यस्तै, सदस्य पदमा सुर्जन कवर, झुमा भेटवाल, दिना बराइली, सागर अधिकारी, विष्णुबहादुर पन्त र विमला चापागाईंको उम्मेदवारी परेको छ । सदस्य पदमा गीता कवर भने निर्विरोध निर्वाचित भइसकेकी छिन् । उक्त वन समूहमा ४८२ उपभोक्ता घरधुरी रहेका छन् । एक उपभोक्ता घरधुरीबाट दुईजनाले मतदान गर्न पाउने छन् ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १७, २०७९ २0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट