May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

एक हजार ६०३ चिकित्सक ५ वर्षअघि नै सीआईबीको रेकर्डमा

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १२:00
एक हजार ६०३ चिकित्सक ५ वर्षअघि नै सीआईबीको रेकर्डमा
  • ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै सीआईबी संग 
  • नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ
  • ब्यूरोले १६ जनालाई पक्राउ गरेर मुद्दा चलाउने
  • ६ जना मात्र सीआईबी हिरासतमा

काठमाडौं ।।

नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको खुलेको छ । सीआईबीले १५ फागुन २०७५ मा गरेको पत्राचार अनुसार काउन्सिलले २७ असोज २०७६ मा एक हजार ६०३ जना चिकित्सकको विवरण उपलब्ध गराएको खुलेको हो ।

नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ परेका अर्कै डा. रञ्जितकुमार यादवको प्रमाण पत्र भुलबस संलग्न भएको भन्दै काउन्सिलले लेखेको पत्रमा १६०३ जनाको नाम पहिल्यै उपलब्ध गराइएको पनि उल्लेख छ ।

रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेको पत्रमा पछिल्लो समय ब्यूरोले ४ चैत २०७७ मा फेरि काउन्सिललाई पत्र लेखेको भनिएको छ । त्यसको आधारमा काउन्सिलले २८ मंसिर २०७८ मा थप कागज पत्र पठाएको देखिन्छ ।

पत्रका आधारमा ब्यूरोलाई नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मासहित चिकित्सकहरुको विवरण डेढ वर्षअघि नै काउन्सिलले पठाएको देखिन्छ । सीआईबीले २५ साउनमा कांग्रेस सांसद् शर्मासहित चिकित्सकहरुलाई ‘अपरेशन चार्ली फोक्स्टर’ चलाएर पक्राउ गरेको थियो ।

ब्यूरोले १६ जनालाई पक्राउ गरेर मुद्दा चलाउने गरी सूची तयार गरे पनि अदालतले शर्मालाई हिरासतमा राख्न म्याद नदिएपछि छुटेका छन् । त्यस्तै डा. यादव पनि प्रमाण पत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।

अब यो प्रकरणमा ६ जना मात्र सीआईबी हिरासतमा छन् । सांसद् शर्माले प्रतिनिधिसभामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको १५ दिनपछि ब्यूरोले नक्कली प्रमाण पत्र बाहक चिकित्सकविरुद्ध अपरेशन चलाएको थियो ।

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट