May 11, 2025 | आइतवार, बैशाख २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भीषण बाढी मलेसियामा

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १९, २०७९ १0:४३
भीषण बाढी मलेसियामा

क्वालालम्पुर ।

मलेसियामा फेरि भीषण बाढी आएको छ। गाउँ–शहर जलमग्न भएका छन्। उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन्।

बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन्। बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो। छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन्। बुधवारको अविरल वर्षाले समस्या थपिएको छ। देशका पाँच राज्य बाढीको चपेटामा परेका छन्। सरकारी अधिकारीहरूका अनुसार विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ।

गत नोभेम्बरमा बाढीबाट पीडित भएको मलेसियामा पुनः बाढीले जनजीवन तहसनहस पारेको छ। मौसम विज्ञान विभागले आगामी एप्रिलसम्म वर्षा हुने जनाउँदै सबैलाई सचेत र सतर्क रहन आह्वान गरेको छ। जोहोर राज्यका सडक जलमग्न भएका छन्। केहीमा क्षति पनि भएको छ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा सवारीसाधन, घर र पसल डुबेका देखिन्छन्। राष्ट्रिय बाढी प्रकोप नियन्त्रण निकायले पोष्ट गरेका तस्बिरमा बच्चालाई बाल्टिनमा बोकेर सुरक्षित स्थानमा लगिएको देखिन्छ।

देशका २५ नदीमा पानीको सतह खतराको तहमा पुगेको उक्त निकायले जनाएको छ। भारी वर्षाका कारण हालसम्म एक सय दुई स्थानमा पटक पहिरो गएको छ। रासस

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १९, २०७९ १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट