May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

महेश र दुर्गालाई बालेनको व्यंग्य

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० ११:३६
महेश र दुर्गालाई बालेनको व्यंग्य
  • एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतको प्रदर्शन जारी 
  • बालेनले गरे कवितात्मक शैलीमा कटाक्ष
  • देशलाई चाहिने मान्छे बन्न आग्रह 

काठमाडौँ ।। 

काठमाडौँका अलग-अलग स्थानमा एकैदिन (मंसिर ७ गते) मूलतः एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतले गरेका प्रदर्शनको चर्चा चलिरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भने कवितात्मक शैलीमा कटाक्ष गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यो देशमा सबैलाई राजा, राष्ट्रपति, प्रधानमन्त्री र नेता मात्र बन्न मन लागेको तर देशलाई चाहिने मान्छे बन्न कसैलाई मन नलागेको भनी व्यंग्य गरेका हुन्।

यो देशमा सबैलाई
राजा बन्न मन लाग्यो
राष्ट्रपती बन्न मन लाग्यो
प्रधानमन्त्री बन्न मन लाग्यो

नेता बन्न मन लाग्यो
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जसले धर्तीलाई माया गरोस्
मान्छे बनौँ पहिला
अरू त जनताले बनाइहाल्छन् नि! 

एमाले नेता महेश बस्नेतले बिहीबार युवा संघले तीनकुनेमा गरेको कार्यक्रममा बालेन पनि राजा बन्न खोजेको भनी आरोप लगाएका थिए।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।