May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मोरङको मिक्लाजुङमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने ; पहिचानबादिले अवरोध नगर्ने

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० 0८:३२
मोरङको मिक्लाजुङमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने ; पहिचानबादिले अवरोध नगर्ने
  • प्रदेशका कुनै मन्त्री तथा सांसदहरु सहभागी नगराउन आग्रह
  • अध्यक्ष प्रचण्डको कार्यक्षेत्र मिक्लाजुङ–५ परेको थियो
  • प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति मोरङले दाहालको कार्यक्रममा कुनै अवरोध नगर्ने

 

बिर्तामोड । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मोङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत अध्यक्ष दाहाल आज मिक्लाजुङ–५ स्थित खोलीखेलको खेल मैदानमा आउन लागेका हुन् ।

कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार नै बिराटनगर आइसकेका छन् । उनी कान्छी छोरी गंगा दाहालको घरमा बसेका छन् । प्रचण्डले आज १० बजे मिक्लाजुङमा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।

नेकपा माओवादी केन्द्रले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ केन्द्रदेखि पालिका स्तरसम्मका सबै नेताहरुलाई अन्तरपालिका अभियानमा खटाएको छ । सबै प्रदेशको एउटा एउटा वडामा जाने कार्यक्रम अन्तर्गत अध्यक्ष प्रचण्डको कार्यक्षेत्र मिक्लाजुङ–५ परेको थियो ।

यसैबिच यसैबीच प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति मोरङले दाहालको कार्यक्रममा कुनै अवरोध नगर्ने जनाएको छ । समितिले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री सहभागी कार्यक्रममा कुनै अवरोध नगर्ने तर प्रदेशका कुनै मन्त्री तथा सांसदहरु सहभागी नगराउन आग्रह गरेको छ ।

अध्यक्ष प्रचण्ड मिक्लाजुङको कार्यक्रमलाई सम्बोधन गरेर बिराटनगरमा शुरु हुन लागेको ट्रेड एक्स्पो उद्घाटनमा जाने कार्यक्रम रहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० 0८:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।