May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

आज एउटै कार्यक्रममा सहभागी हुँदै माओवादी नेताहरु

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १0:४६
आज एउटै कार्यक्रममा सहभागी हुँदै माओवादी  नेताहरु

काठमाडौं ।

माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रिर्या कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् ।

अन्तर्क्रिरया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १२ बजे आयोजना हुँदैछ ।

सो कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरु कार्यक्रममा सहभागी हुने शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले जनाएको छ ।

२०५२ सालदेखि १० वर्षसम्म सशस्त्र संघर्ष गरेका माओवादी नेताहरु शान्तिप्रक्रियामा आएपछि विभिन्न समूहमा विभाजित छन् । उनीहरुलाई फेरि एकीकृत गराउनुपर्ने आवाज कार्यकर्तास्तरबाट उठ्दै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २१, २०७९ १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।