May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:३५
सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ।

गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए।

थप उपचारका लागि उनलाई फागुन ४ गते मुम्बई लगिएको थियो।

सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए।

उनकाअनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो।

‘कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी गराउनुभएको छ’, उनले भने।

सांसद भण्डारीकी आमा हरिकलाको भने आगलागीमा परेर निधन भएको थियो। कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा फागुन ४ गते हरिकलाको निधन भएको थियो।

सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो। जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेको चिकित्सकहरूले बताएका छन्।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।