April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

तनावपछि श्रम मन्त्रालयले भन्यो– कोरियासँग निर्णयमा पुग्नेगरी वार्ता भइरहेको छ

  • साझा परिवेश
  • शनिबार, पुस १४, २०८० 0८:४0
तनावपछि श्रम मन्त्रालयले भन्यो– कोरियासँग निर्णयमा पुग्नेगरी वार्ता भइरहेको छ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने गरी वार्ता भइरहेको जनाएको छ । एचआरडी कोरियासँग यो विषयमा निर्णयमा पुग्ने गरी छलफल तथा वार्ता भइरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उठान गरेका मागका विषयमा छलफल भइरहेको जनाएको हो । ‘यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई माग बमोजिम उत्पादनमूलक क्षेत्र तर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ता एवम् तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलापहरू नगर्नु हुन सम्बद्ध सबैलाई अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ईपीएस कोरिया शाखाले मङ्सिर १९ गते सूचना प्रकाशित गर्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न आह्वान गरेको थियो । जसमा सूचनाको बुँदा नं. ५ को (च) मा उल्लेख भएको विषयलाई लिएर २०२३ को पानी जहाज निर्माण क्षेत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले उक्त बुँदा हटाउन माग गर्दै आएका थिए । उनीहरूले ज्ञापन पत्र पेश गरी धर्ना, जुलुस जस्ता कार्यहरू गर्दै आएका थिए ।

एक वर्षमा एकभन्दा बढी क्षेत्रहरूमा आवेदन दिन नसकिने भन्ने कोरियामा आप्रवासी कामदार जाने १६ देशहरूका लागि लागू छ ।

  • साझा परिवेश
  • शनिबार, पुस १४, २०८० 0८:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।