sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १४:४९
प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

 काठमाडौं ।

नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।

यद्यपि, अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन लबइङ गरिरहेका छन् । उनको यही प्रयासका कारण ५ एआईजीको दरबन्दी रिक्त हुँदाहुँदै पनि बढुवा भएको थिएन । आज (शुक्रबार) पनि बढुवा नभएको भए डीआईजीबाटै आईजीपी चयन गर्नुपर्ने अवस्था आउन सक्थ्यो ।
स्रोतका अनुसार महानिरीक्षक सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणामार्फत सेवा अवधि हटाउन लबिइङ गरिरहेका छन् । यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत रहेको स्रोतको दाबी छ ।

आईजीपी सिंहको यो प्रयासपछि भावी आईजीपीका लागि प्रतिक्षारत अधिकृतहरु सशंकित छन् । आईजीपीका बलिया प्रतिष्पर्धी मानिएका अशोक सिंहले नागरिकता विवादबीच राजीनामा दिएपछि भएको बढुवामा अधिकृतहरु डीआईजीकै वरियता अनुसार एआईजी बढुवामा सिफारिस भएका छन् ।

सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid