May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

महिला उपराष्ट्रपति उम्मेदवार बनाउन माग: सर्वोच्च अदालत

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १५:४८
महिला उपराष्ट्रपति उम्मेदवार बनाउन माग:  सर्वोच्च अदालत

काठमाडौं ः

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट दरपीठ भएको छ। राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्।
सो रिटमाथि अध्ययनपछि सर्वोच्चका रजिष्टारले दरपीठ नगर्न भनेका हुन‍्। सर्वोच्चका प्रवक्‍ता विमल पौडेलले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउन माग गरिएको रिट निवेदन दरपीठ भएको अन्नपूर्णलाई जानकारी दिए।

आइतबार उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीबाट राम सहाय यादवको उम्मेदवारी परेको थियो। निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार यादवको उम्मेदवारी कायम राखेको थियो।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्‍यवस्था नरहेकाले यादवको उम्मेदवारी यथावत रहने जानकारी दिएका थिए। निर्वाचन आयोगले यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेपछि अधिवक्ता खतिवडा उपराष्ट्रपति महिला बनाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेकी हुन्।

यादवको उम्मेवारीविरूद्ध उपराष्ट्रपतिको उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झाले उजुरी दिएका थिए।

उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी परेको छ। सुरूमा चारजनाको उम्मेदवारी परेपनि जसपाकी प्रमिला कुमारी यादवले उम्मेदवारी निस्क्रिय पारेपछि ३ जनाको उम्मेदवारी कायम रहेको छ।

जसपाका यादव,नेकपा एमालेकी शाक्य र जनमत पार्टीको झाबीच कडा प्रतिस्प्रधा हुने भएको हो। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट