May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

एनसेलले पहिले नै जानकारी दिएन : प्राधिकरणका अध्यक्ष खनाल

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० ११:५४
एनसेलले पहिले नै जानकारी दिएन : प्राधिकरणका अध्यक्ष खनाल
  • एनसेलले खरिद-बिक्रीपूर्व जानकारी गराएन 
  • खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान
  • सरकारले रिपोर्ट आइसकेपछि चाल्नुपर्ने कदम चाल्ने

काठमाडौं ।।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल खरिद-बिक्रीपूर्व आफूहरूलाई जानकारी नगराइएको बताएका छन् । दूरसञ्चार कम्पनी खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले किनबेचबारे जानकारी गराउन एनसेललाई पटक-पटक अनुरोध गरिएको बताए । “दूरसञ्चार ऐनले खरिद-बिक्रीअघि अनुमति लिनुपर्ने भन्छ,” उनले भने, “प्रविधि हस्तान्तरण ऐनले ३० दिनभित्र जानकारी गराए हुन्छ भनेको छ, यो दुई ऐन बाझियोजस्तो छ ।”

बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउतले एनसेलका विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको जानकारी दिए । “एनसेलको विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको छ । समितिलाई प्राधिकरणले आवश्यक विवरण बुझाइरहेको छ,” उनले भने, “यसले वैदेशिक लगानीको अवस्थामा पर्न सक्ने असरबारे तत्काल आवश्यक कदम चाल्नुपर्छ । सरकारले रिपोर्ट आइसकेपछि चाल्नुपर्ने कदम चाल्नेछ ।”

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट