काठमाडौं
साताको अन्तिम कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ। अघिल्लो कारोबार दिन बुधबार १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा बन्द भएको नेप्से यसदिन सो सेसनमा स्थिर रहेको हो। सेन्सेटिभ इण्डेक्स पनि स्थिर रहेको छ।
यो सेसनमा १० कम्पनीको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता सेयर खरिदबिक्री भएको छ।
जसमध्ये ८ कम्पनीको मूल्य बढ्यो भने २ को मूल्य घटेको छ।