sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आफूलाई चिठी लेख्ने मान्छे खोज्दै हिँडेकी युवतीको कथा

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १८:५0
आफूलाई चिठी लेख्ने मान्छे खोज्दै हिँडेकी युवतीको कथा

‘एकेडेमी अवार्ड’ समेत भनिने अस्करको ९५औं संस्करण भारतीय फिल्म उद्योगका लागि ऐतिहासिक रह्यो।

‘द एलिफेन्ट ह्विस्पर्स’ ले सर्ट डकुमेन्ट्री फिल्मतर्फ अस्कर जित्यो। भारतबाटै निर्माण भएको फिल्मले अस्कर जितेको यो पहिलोपटक हो।

यो डकुमेन्ट्री शिख्या इन्टरटेन्मेन्टले बनाएको हो। यो कम्पनीले हालसम्म चारवटा डकुमेन्ट्री र आधा दर्जन छोटा फिल्म निर्माण गरिसकेको छ। यसबाहेक व्यावसायिक फिल्म निर्माणमा पनि सक्रिय छ।

समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘द लन्च बक्स’ यही कम्पनीले बनाएको हो। इरफान खान, निमरत कौर र नवाजुद्धीन सिद्दिकीको मुख्य भूमिका रहेको यो फिल्म सदाबहार राम्रो फिल्मको सूचीमा पर्छ।

त्यस्तै विक्की कौशल, ऋचा चढ्ढा, पंकज त्रिपाठी, सञ्जय मिश्रा, स्वेता त्रिपाठी लगायतको मुख्य भूमिका रहेको ‘मसान’ फिल्म पनि यही कम्पनीको हो।

यीबाहेक ‘दसविदानियाँ’, ‘मनसुन सुटआउट’, ‘जुबान’, ‘ड्याट गर्ल इन यलो बुट्स’, ‘हरामखोर’, ‘ह्वाट विल पिपल से’, ‘पेड्लर्स’, ‘सूराराई पोत्रु’, ‘पगलैट’ जस्ता फिल्म शिख्या इन्टरटेन्मेन्टले निर्माण गरिसकेको छ। यसको नयाँ फिल्म ‘कथल’ पनि यही वर्ष आउँदैछ।

शिख्या इन्टरटेन्मेन्ट गुनित मोंगा र अचिन जैनले स्थापना गरेका हुन्। यसले विशेषगरी बलिउडले वास्ता नगरेको विषयवस्तुलाई आफ्नो फिल्मको कथा बनाउँदै आएको छ। कम्पनीले विभिन्न देशका फिल्म निर्माता र निर्देशकहरूसँग सहकार्य गरेर पनि फिल्म बनाएको छ। तिनमा अस्कर विजेता निर्माता-निर्देशकहरू पनि छन्।

आज गुड फ्राइडे सिनेमामा हामीले यही अस्कर विजेता निर्माण टिमले बनाएको फिल्म ‘ड्याट गर्ल इन यल्लो बुट्स’ सिफारिस गरेका छौं।

यथार्थपरक सिनेमा निर्देशकका रूपमा चिनिने अनुराग कश्यपले निर्देशन गरेको यो फिल्ममा कल्की कोचलिन र नसिरूद्धिन शाहको मुख्य भूमिका छ। यसलाई सबभन्दा पहिले सन् २०१० मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा देखाइएको थियो। त्यसपछि भेनिस फिल्म फेस्टिभल, साउथ एसियन इन्टरनेसनल फिल्म फेस्टिभल लगायत थुप्रै महोत्सवहरूमा देखाइयो।

व्यावसायिक रूपमा भने भारत र अमेरिकाका सिनेमा हलहरूमा सन् २०११ मा मात्र यो फिल्म रिलिज गरिएको थियो।

‘ड्याट गर्ल इन यल्लो बुट्स’ बेलायती युवती रूथ (कल्की कोचलिन) को कथा हो। उनी आफ्ना भारतीय बुवाको खोजीमा भारत आइपुग्छिन्। उनले आफ्ना बुवालाई राम्ररी चिनेकी हुन्नन्। अनुहार पनि याद हुँदैन। तर बुवाले आफूलाई खोज्न भन्दै पठाएको चिठी पढेपछि रूथ भारत आइपुगेकी हुन्छिन्।

बेलायती रहनसहनमा हुर्केकी उनी मुम्बई सहरमा एक्लो पर्छिन्। गुजारा चलाउन मसाज पार्लरमा काम थाल्छिन्। बुवालाई खोज्दै आइपुगेकी उनी अनेक झमेलामा फस्छिन्। मुम्बई उनीविरूद्ध कठोर बनिदिन्छ।

यो मुश्किल बाटोमा धर्खराइरहेकी रूथको यात्रामा एकदिन यस्तो मोड आउँछ जसले उनका सबै आशा चकनाचुर पारिदिन्छ। योसँगै उनले यस्तो यथार्थको सामना गर्नुपर्छ जुन उनले कल्पनासम्म गरेकी हुन्नन्।

रूथको जीवनबाट पर्दा उतारिएपछि अब उनी के गर्लिन्? आखिर त्यस्तो कुन सत्य हो जसले उनलाई यो अवस्थामा पुर्‍यायो?

यसका लागि फिल्म ‘ड्याट गर्ल इन यल्लो बुट्स’ हेर्नुहोला।

https://youtu.be/2fNBiPZ4aI4

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid