May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ

सन्दीप लामीछाने आज राति साढे २ बजे उड्ने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १६:५३
सन्दीप लामीछाने आज राति साढे २ बजे उड्ने

काठमाडौं ।।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् ।

सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् । तर जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका जान लागेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीमा रहेको नेपाली टिमले दक्षिण अफ्रिकामा चार वटा अभ्यास खेल खेल्नेछ । टिमका अन्य सबै सदस्य दक्षिण अफ्रिका पुगिसक्दा पनि राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देशाइको भने अझै भिसा नआएको क्यान सचिवले बताएका छन् । भारतमा रहेका देशाईको भिसा प्रक्रिया अघि बढेको र उनी भिसा आए लगत्तै दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।