May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनमा बिच झडप

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:0३
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनमा बिच झडप

विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।

प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।
कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियो । त्यसपछी पहिचानको आधारमा पुन ः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको थियो ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।