April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

दैनिक प्याज खानुका फाइदा

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १७:४७
दैनिक प्याज खानुका फाइदा

विश्वमा सबैभन्दा बढी खाइने र प्रयोग हुने तरकारीमा प्याज पर्छ। हरेक व्यक्तिको भान्सामा प्याजको प्रयोग हुन्छ। प्याज सेवनका फाइदा अनगिन्ती छन्। समयमा प्रयाप्त निद्रा नपर्ने समस्या भएका मानिसको लागि बेलुकीको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गर्दा निकै फाइदाजनक मानिन्छ। प्याज स्वादिलो र राम्रो तरकारी मात्र नभइ, अति राम्रो औषधि पनि हो। प्याजमा केलिसिन र राइबो फलेबिन (भिटामिन बी) समेत पर्याप्त मात्रामा हुन्छ। यसका साथै प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि हुन्छ। प्याजलाई बाहिरी देशमा काँचो सलादका रुपमा पनि खाने चलन छ। आउनुहोस् जानौँ प्याजका फाइदाः

पेटको फाइदा

काँचो प्याजको सेवनले पेटमा भएका समस्या कब्जियत, ग्यास्ट्रिक, अल्सरलगायतका रोगलाई ठिक गर्छ। नियमित प्याजको सेवनले फाइदा गर्ने भएकाले यसलाई स्वास्थ्यवद्र्धक मानिन्छ।

महिनावारीको समस्याबाट छुटकारा

धेरै महिलाहरु महिनावरीको समस्याले पीडित हुन्छन्। यस्तै त हो नि अलिअलि समस्या भइहाल्छ भनेर उपचारमा गएको पनि पाइदैन। यस्तो अवस्थामा प्याजको रसमा मह मिसाएर खाँदा दुखाईबाट छुटकारा मिल्छ।

मिर्गौलामा फाइदा

नियमित प्याजको सेवनले मिर्गौलामा भएको पत्थरीलाई रोक्न सहयोग गर्छ।

कपालमा फाइदा

प्याजको रस निकालेर हप्तामा दुई पटकसम्म लगाउदा कपालको जरा बलियो बनाउनको साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ। प्याजको रसमा घिउकुमारीको रस मिसाएर लगाउँदा कपाल बढ्न र चिल्लो बनाउन मद्दत गर्छ।

मुटुलाई स्वस्थ बनाउन

कोही मान्छेमा मुटुमा समस्या छ भने प्याजले रगतलाई पातलो बनाउँछ र मुटुलाई स्वस्थ बनाउछ। काँचो प्याजको रस बनाएर पिउँदा पिसाब सम्बन्धी समस्याको समाधान हुन्छ।

प्याजको सेवनले खकारको समस्या, सामान्य ज्वरो, खाना नरुच्ने, नपच्ने र झाडापखालाका लागि पनि निकै फाइदा हुन्छ।

निन्द्रा नलाग्ने र भोक नलाग्ने समस्या भएको मान्छेमा प्याजले धेरै फाइदा गर्ने मानिन्छ। नियमित प्याज खानेहरुको छाला चम्किलो, आकर्षक र स्वस्थ हुन्छ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट