May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन हुने

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १0:0६
सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन हुने

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ ।

यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए।

“निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी सङ्गठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ”, उनले भने, “विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।”

उनका अनुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन् । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ मा तोकेको निर्वाचनमा अन्य पाँचवटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ । चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ । विश्वविद्यालयमा केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पस छन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।