May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:१९
रवि लामिछानेको राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च जाने

मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालत जाने बताएका हुन्।

रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक कामय हुँदा नै नेपाली राहदानी बनाइ दुरुपयाेग गरेकाे प्रमामण हुँदाहुँदै सत्ताको आडमा उनलाई उन्मुक्ति दिएकाेमा सफलले आपत्ति जनाएका छन्।

‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’,उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

युवराज सफलले लामिछानेलाई जोगाउन जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरूले अख्तियार दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्।

यो मुद्दामा जोडिएका पदाधिकारी र कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै उजुरी दिएको पनि सफलले उल्लेख गरेका छन्।

हेर्नूहाेस् युवराज सफलकाे प्रेस विज्ञप्ति:

मिति २०७९।१२।०६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन राहदानी दुरुपयोग सम्बन्धी मुद्धा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अवैधानिक सभापति (अमेरिकी नागरिकता त्यागेको एंव नेपाली नागरिकता प्राप्त गरेको तीन महिना व्यतित नभएको) रवि लामिछानेले पासपोर्ट दुरुपयोग मुद्धामा सफाई पाएको घटनाप्रति सो मुद्धाका जाहेरी कर्ताको तर्फबाट म युवराज पौडेल सफल घोर आपत्ति एंव भत्सर्ना गर्दछु । अमेरिकी नागरिक कायम हँुदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हँुदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उलंघन हो भन्ने मेरो ठम्याई रहेको छ ।

यस प्रकरणमा जोडिएका जिल्ला प्रहरी परिसर ,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरुले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै हिजोकै मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गरिसकिएको पनि यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छु।

सत्ता जोगाउनकै लागि सरकारवादी मुद्धाबाट सफाई दिने भनी महान्यायधिवक्तको कार्यालयले निर्णय गरेकोले सो निर्णयको विरुद्ध यथाशिघ्र सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गरी कानुनी उपचार खोज्ने साथै आरोपितलाई सफाई दिने निर्णयमा संलग्न सबै निकायका जिम्मेवार व्यक्तिहरुलाई हदैसम्मको कारबाही समेत गराउन प्रतिबद्ध रहने पनि यसै प्रेस विज्ञप्तिमार्फत् अवगत गराउँदछु ।

युवराज सफल
रवि लामिछाने पासपोर्ट प्रकरणको जाहेरी कर्ता

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।