May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:५0
धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ गीतको विवादको विषयमा बोल्दै गायक शिव परियारले आफूहरूले सर्जकले दिएको जिम्मा अनुसारको गीत गाएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फट धोकेबाजको क्रेडिट कस‍ले लिने भन्ने विषयमा आफू र गायिक एलिना चौहानबीच विवाद सिर्जना भएको भन्ने हल्लाको पछि नलाग्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका हुन्।

गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको भन्दै उनले सामाजिक सञ्जालमा लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौँ। यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन्। यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन।’

गायक परियारले धेरै पहिले यो गीत गाएको भए पनि यतिबेला गायिका चौहानको स्वरमा रहेको गीत चौतर्फी रूपमा भाइरल भएको छ। गीत भाइरल भएपछि गायिका चौहानलाई जिल्लाहरूमा हुने महोत्सवका साथै विदेशका कार्यक्रमहरूमा समेत अफर आउन थालेको छ।

गायक परियारले केही दिन पहिले ‘धोकेबाज मैले गाएको गीत हो’ भन्ने हेडलाइनसहितको एक अन्तर्वार्ताको भिडियो सेयर गरेका थिए। त्यसपछि सो विषयलाई विवादमा तानिएको हो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।