May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

अब कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छ : मन्त्री रिजाल

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १४:४२
अब कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छ : मन्त्री रिजाल
  • कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने
  • ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार निगरानी गर्ने 
  • व्यवस्थित र सुरक्षित उद्योगको विकास गर्न आग्रह

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताएका छन् ।  मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुमगन गर्ने बताए । उनले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवं नवीकरणीय उर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे ।

तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँसलगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताए ।  उनले भने, “शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवं नवीकरणीय उर्जाले विस्थापित गर्ने नीति लिएको छ ।

जसअनुसार हामीले आगामी दिनहरूमा जीवाश्म इन्धनको प्रयोगलाई विस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको छ । यद्यपि, तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न सकिँदैन ।”  मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रूपमा विकास गर्न आग्रह गरे । सबै ग्याँस उद्योगले आम जनताको जीउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गरे ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १४:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।