sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १0:५२
पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ । तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् ।

यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ । मंगलबार उक्त गीतको रेकर्ड पुतलीसडकस्थित पल निकट संगीतकर्मी योगेशकाजीको स्टुडियोमा भएको छ । फिमेल भर्सनमा अनु चौधरीको स्वर समावेश छ ।

पलले फिल्म र संगीत करिअरलाई नयाँ ढंगबाट अघि बढाउन खोजिरहेको देखिन्छ । सोहीअनुसार उनले फिल्म गर्दा पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेका छन् । ‘पारिश्रमिक मात्र होइन, सेयर नै लिएर फिल्म गर्ने कुरा छ ।

उहाँलाई अफर गर्न आउने निर्मातालाई उहाँले त्यही भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘फिल्म चल्यो भने कलाकारलाई पनि फाइदा हुनुपर्छ भन्ने उहाँको मान्यता छ ।’

पछिल्लो समय अभिनेताहरु सौगात मल्ल र दयाहाङ राईले कतिपय फिल्ममा पारिश्रमिकको सट्टा सेयर लिएर काम गरिरहेका छन् । छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’मा यी दुईले सेयर लिएर फिल्म गर्ने सहमति गरिसकेका छन् । दयाहाङ र सौगातको यो शैलीलाई पलले पछ्याएका हुन् ।

एउटा म्युजिक भिडियो गरेबापत २ देखि ३ लाखसम्म पारिश्रमिक लिने डिमान्ड पलले गरेको खबर हालै सार्वजनिक भएको थियो । ‘अवश्य पनि उहाँले २ देखि ३ लाख पारिश्रमिक लिने कुरा टिममा चलेको हो । सुरुमै गर्नुपर्‍यो भनेर ५ लाखसम्म दिन्छु भनेर पनि आएका छन् । तर विचार गरेर मात्र काम गर्ने कुरा छ,’ स्रोतले भन्यो ।

पलको पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ हो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid