March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी अब सेवाको टोकन जारी भएकै लिन श्रम स्वीकृति दिइने , तिन सिफ्टमा सेवा सुचारु मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई पधेरीमा नुहाउन जादा हत्या भएकी युवतीको हत्या आरोपीत सार्वजनिक निर्माण व्यवसायीले सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई एसइइ चलिरहेको समयमा पटकपटक अनुगमनमा नजान राष्ट्रिय परिक्षा बोर्डको निर्देशन कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम

सरकारले सामाजिक सुरक्षाभत्ता कटौती हैन व्यवस्थित गर्न लागेको हो : मन्त्री शर्मा

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0५
सरकारले सामाजिक सुरक्षाभत्ता कटौती हैन व्यवस्थित गर्न लागेको हो  : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता कटौती नभई व्यवस्थित गर्न लागेको बताएकी छिन् ।
दाङको बंगलाचुुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको खस्किँदो आर्थिक स्तर जोगाउन सरकारले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्न लागेको बताइन् ।

उनले वर्तमानका सरकारका हरेक कामलाई नकारात्मक तरिकाले भ्रम फैलाउँदै आइरहेको टिप्पणी गरिन् । सरकारले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले दिँदै आइरहेको सेवा सुविधा कटौती नभई विशेष र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उनले भनाइ छ ।

उनले भनिन्,‘वर्तमान सरकारले वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूको समेत सामाजिक सुरक्षा र जोखिम भत्ताको व्यवस्थापन गरेको छ । बृद्धबृद्धा, एकल महिला, शारीरिक अशक्ताहरुको सेवा वृद्धि गर्नुपर्नेमा कटौती कहाँ गर्छ ?’

मन्त्री शर्माले सरकारले हरेक क्षेत्रको विकासका लागि योजनासहित अघि बढेको बताइन् । उनले शिक्षा क्षेत्रको विकासका लागि समयमै पाठ्यपुस्तक वितरण गरेको समेत दाबी गरिन् । उनले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताइन् । गाउँपालिका स्तरीय खेलकुद कप २ दिनसम्म चल्ने छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट