April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:१0
संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संसद सुमना श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग गरेकी हुन् ।

प्रतिवेदनको दफा १२ मा दैनिक कार्यसूची सम्बन्धी व्यवस्था छ । दैनिक कार्यसूची तयार गर्दा संसद बैठक ३ घण्टा भन्दा बढी चलेको वा चल्ने अवस्थामा खाजाको विश्राम समय राख्ने उनको प्रस्ताव छ । ‘कार्यसूची तयार गर्दा प्रत्येक ३ घण्टामा खाजाको लागि १ घण्टा विश्राम समय राखिनेछ’ सांसद श्रेष्ठको संशोधन प्रस्ताव छ ।

संसद बैठकको बीचमा खाजाको लागि विश्राम समय राख्नुपर्ने कारणबारे सांसद श्रेष्ठ लेख्छिन्, ‘लामो समय खाजा र विश्राम नलिइ काम गर्दा कार्यसम्पादनमा असर पर्ने र निश्चित खाजा समय नतोक्दा सदस्यहरु बिभिन्न समयमा खाजाको लागि सदन बाहिर जार्ने गर्नु भएकाले सदनमा चल्ने बहस छुट्न जाने हुँदा समय नै तोकेर विश्राम लिनु उपयुक्त भएकोले ।’

तर, विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज गर्न सकिने प्रावधान सँगै राख्ने प्रस्ताव पनिदसँगै राख्ने प्रस्ताव गरिएको छ ।

विधेयकको वितरण सम्बन्धी व्यवस्थामा पनि सांसद श्रेष्ठले संशोधन प्रस्ताव राखेकी छन् ।

संसद सचिवालयमा विधेयक दर्ता भएपछि सरकारी विधेयकको हकमा दुई दिन र गैर सरकारी विधेयकको हकमा चार दिनभित्र प्रत्येक सदस्यलाई विधेयकको प्रति उपलब्ध गराउनुपर्ने प्रचलित व्यवस्था छ ।

यसमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद श्रेष्ठले विधेयक दर्ता भएपछि सदस्यहरुलाई वितरण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने बताएकी छन् । विधेयक दर्ता भएकै दिन सभाको वेघसाइटमार्फत उपलब्ध गराउनुपर्ने पनि उनको प्रस्ताव छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट