May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

प्रधानमन्त्रीको सचिवालय भन्छ- मिटरब्याज पीडितको समस्या समाधान गर्न पहल सुरु भइसक्यो

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:0४
प्रधानमन्त्रीको सचिवालय भन्छ- मिटरब्याज पीडितको समस्या समाधान गर्न पहल सुरु भइसक्यो

काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितलाई न्याय हुने गरी कानूनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्न कानून मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

पीडित किसानहरुको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । ‘आज मात्रै पनि प्रधानमन्त्रीले कानून मन्त्रालयका सचिवलाई कानूनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकमा ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ शर्माले भने ।

महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किने वातावरण बनाउन गृहसचिव मार्फत प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले जानकारी दिए ।

सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानहरुसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको र मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा पनि चलाइरहेको भन्दै घर फर्किन आग्रह गरेका थिए । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानहरुले कानून नबन्दासम्म घर नफर्कने अडान लिएका थिए ।

किसानहरुले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरुलाई चिसोबाट जोगिन कम्बलको व्यवस्था गर्न र सवारीको प्रवन्ध मिलाउन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानहरुलाई कम्बलको व्यवस्था गरिदिएका थिए । सरकारले ३५० जना मिटर ब्याजीहरुलाई कारबाहीसमेत गरिसकेको समेत शर्माले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट