April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:३१
हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

काठमाडौं । ‘छक्कापञ्जा ४’को दबदबा कायमै रहँदा शुक्रबारदेखि नेपाली हलमा हलिउडको ‘जोन वीक : च्याप्टर ४’ र जापानी फिल्म ‘डेमन स्लेयर : किमेत्सु नो याइबा–सोडस्मिथ भिलेज’ रिलिज भएका छन् । यी दुवै विदेशी फिल्म विश्व बजारका प्रतीक्षित फिल्महरु हुन् ।

केनु रिभ्स स्टारर ‘जोन वीक : च्याप्टर ४’ चाड स्टेहेल्स्कीद्वारा निर्देशित नोयर–एक्सन–थ्रिलर फिल्म हो । यो फिल्म सन् २०१९ मा रिलिज भएको ‘प्याराबेलम’को श्रृंखला र जोन वीक सिरिजको चौैथो अध्याय हो । शीर्ष भूमिकामा अभिनेता रिभ्सको भूमिका छ भने डोनी येन, बिल स्कार्सगार्ड, लरेन्स फिसबर्नका महत्वपूर्ण भूमिकामा छन् ।

शीर्ष पात्रले स्वतन्त्रता प्राप्तिका लागि विश्वभर छरिएर रहेको दुश्मनको गठबन्धनसँग गर्नुपर्ने लडाइ यसको केन्द्रीय कथावस्तु हो । जोन वीक सिरिजका नियमित दर्शक र केनु रिभ्सका प्रशंसकलाई यो फिल्म रुचिकर हुन सक्छ । हलिउड समीक्षकले यो फिल्मलाई जोन वीक सिरिजकै उत्कृष्ट फिल्म भएको बताएका छन् । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने यो दर्शनीय हुन सक्छ ।

‘डेमन स्लेयर’ जापानी एनिमे फिल्म हो जुन त्यहाँको सोहेन मांगा भनिने कमिक सिरिजको कथावस्तुमा आधारित छ । यो फिल्म एनिमे टेलिभिजन श्रृंखलाको दोस्रो सिजन तथा सन् २०२० मा रिलिज भएको ‘किमेत्सु नो याइबा’को दोस्रो शृंखला हो । हारुओ सोतोजाकीद्वारा निर्देशित फिल्मले अहिलेसम्म विश्व बक्स अफिसमा ४८.२ मिलियन डलर कमाएको छ ।

उक्त फिल्ममा माथिल्लो तहका ६ वटा राक्षसको पराजयपछि उनीहरु इन्फिनिटी क्यासलमा भेला हुन्छन् र पुनः जितको लागि संघर्ष गर्छन् । एनिमे सिरिजका नियमित दर्शकलाई यो फिल्म रुचिकर हुन सक्छ । यो फिल्मको लम्बाइ १ घण्टा ५० मिनेट छ । नेपालमा अहिले पनि ‘छक्कापञ्जा ४’, ‘तु झूठी मैं मक्कर’, मिसेस चटर्जी भर्सेस नर्वे र साजम ः फ्युरी अफ द गड्स प्रदर्शन भइरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट