May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

फेरि चर्कियो सुकुम्बासी द्वन्द्व, महानगरको काउन्टरमा उत्रिए सुकुम्बासी

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ ११:१0
फेरि चर्कियो सुकुम्बासी द्वन्द्व, महानगरको काउन्टरमा उत्रिए सुकुम्बासी

काठमाडौँ । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ नहुने क्रम वर्षौैंदेखि चलिरहेको छ । खोला नदीको किनार मानव वसोबासका लागि होइन । तर काठमाडौंका खोला किनार अतिक्रमणमा परेका छन् । अतिक्रमण हटाउने भन्दा पनि त्यहाँ बस्नेहरुलाई भोट बैंकका रुपमा दलहरुले दुरुपयोग गर्दा समस्या झन झन जटिल बन्दै गएको छ । शनिबार गोरखापत्रमा सूचना जारी गर्दै महानगरले सात दिन भित्र नदी किनार खाली गर्न भनेको छ । महानगको पत्रलाई काउन्टर दिँदै अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको सन्देश छ– महानगरले कसरी हटाउँदो रहेछ ? हटाओस् त ।

काठमाडौंमा महानगर सुकुम्बासी बस्तीको जग्गा आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै सुकुम्बासी बस्ती खाली गराई सो जग्गाको संरक्षण गर्नुपर्छ भन्ने अडानसहित अगाडि बढिरहेको छ । यसैबीच महानगरपालिले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन नै दिएको छ ।

शनिबार गोरखा पत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

यता महानगरको यो अल्टिमेटमपछि सुकुम्बासीहरुको आन्दोलन झनै चर्किएको छ । महानगरकै विरोधमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाईमा २२ दिनदेखि निरन्तर आन्दोलन चलिरहेको छ । आइतबार पनि उनीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

गत मंसीर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउँन खोज्दा काठमाडौं महानगरको टोली र सुकुम्बासीबीच झडप भएको थियो । झडपमा केही नगर प्रहरी घाइते भएका थिए ।

त्यसपछि नगर प्रहरीले सुुकुम्बासी आन्दोलनका नाइके परिश्रमी, राष्ट्रिय सुुकुम्बासी पार्टीका अध्यक्ष हुकुमबहादुर लामासहित दीपकजंग कुँवर, राजु तामाङ, अनिता थापालगायत २० जनाविरुद्ध किटानी जोहरी दिएका थिए । प्रहरीले उनीहरु मध्ये नारायण परिश्रमी र हुकुमबहादुर लामालाई पक्राउ गरेको थियो । २५ दिन देखि उनीहरु दुबै प्रहरी हिरासत मै छन् ।

उनीहरुको रिहाइको समेत माग गर्दै सुकुम्बासीहरु निरन्तर आन्दोलनरत छन् । प्रहरीले पक्राउ गरेका दुवै जनालाई रिहा नगर्दासम्म प्रदर्शन जारी रहने मोर्चाले जनाएको छ ।

यसअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना गरेको थियो ।

तर, उक्त सूचनाको वेवास्ता भएपछि महानगरका प्रहरी तीन वटा डोजर लिएर बस्ती हटाउन थापाथलीस्थित सुकुम्बासी बस्ती पुगेका थिए । तर केही सुरक्षाकर्मीसहित पुगेको महानगरको टोलीमाथि सुकुम्बासी बस्तिका स्थानीयले आक्रमण गरेपछि तनाव सिर्जना भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।