May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सुदूरपश्चिम सरकार पनि अलमलमै, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १0:११
सुदूरपश्चिम सरकार पनि अलमलमै, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

कैलाली । गत माघ २६ गते सुदुरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए । मुख्यमन्त्री शाहसँगै काँग्रेसका प्रकाश देउवा भौतिक पुर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाहीले अर्थ मन्त्रीको सपथ लिए । तर मुख्यमन्त्री नियुक्त भएको झण्डै दुई महिना पुग्नै लाग्दासमेत सरकार विस्तार भने हुन सकिरहेको छैन ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ७ मन्त्रालय कायम गरिएका छन् । तर हाल भौतिक पुर्वाधार र अर्थ बाहेकका मन्त्रालयहरु रिक्त अवस्थामा छन् । प्रदेशका मुख्यमन्त्री नियुक्त भएको २ महिना पुग्दै गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । लामो समयसम्म पनि सरकारले पूर्णता नपाउँदा नागरिकका कामहरु अलपत्र पर्ने गरेका छन् भने सरकारको नेतृत्व गरिरहेका दलहरु कुर्चीको भागबण्डा मिलानमै ब्यस्त भएको आरोपसमेत लाग्न थालेको छ ।

आफ्ना मुद्दाहरु सम्बोधन नभएको यसअघि नागरिक उन्मुक्ति पार्टीकै कारण अघिल्लो एमाले नेतृत्वको सरकार ढलेको थियो । त्यसपछिको कांग्रेस नेतृत्वको सरकारमा पनि आफ्नो मागहरु सम्बोधन नभएसम्म सरकारमा नजाने नागरिक उन्मुक्तिले अडान लियो । आफ्नो माग पूरा नभए पनि अहिले भने उन्मुक्तिले सरकारमा जान खुट्टा उचालेको छ ।

सुदूरपश्चिमका ७ मन्त्रालयमध्ये काँग्रेसले मुख्यमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालय र एकीकृत समाजवादीले अर्थ मन्त्रालय पाइसकेको छ । बाँकी ४ मन्त्रालय मध्ये नागरिक उन्मुक्तिले २ र माओवादी केन्द्रले ३ मन्त्रालयको दाबी गरिरहेको छ । यद्यपि मन्त्रालय बाड्फाँटका बिषयमा भने मुख्यमन्त्री शाहले अहिले नै सत्ता साझेदार दलहरुसँग छलफल थालेको छैनन् । संघीय सरकार बिस्तार तथा समीकरण अनुसार प्रदेश सरकार बिस्तार हुने मुख्यमन्त्री शाह बताउँछन् ।

काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीको समर्थन छ भने नेकपा एमाले र राप्रपा प्रतिपक्ष दलको भूमिकामा छन् । यसअघि एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले नेतृत्वको प्रदेश सरकार ढलेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।