April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

जारको पानी उद्योगलाई २ लाख जरिवानासहित कारबाही

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:३२
जारको पानी उद्योगलाई २ लाख जरिवानासहित कारबाही
  • टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना
  • विभागले उक्त फर्मलाई सोमबार कारबाही गर्यो 
  • विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गर्यो 
  • ३४ वटा फरक-फरक क्षेत्रमा बजार अनुगमन

 काठमाडौं ।।

वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ । नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले फ्याक्ट्रीमा कैफियत फेला पारेको विभागका प्रवक्ता पोखरेलले जानकारी दिए । तर, सो कैफियात के हो उनले खुलाएनन् ।

विभागले उक्त फर्मलाई सोमबार कारबाही गरेको हो । फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भनेको छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ । सोमबार विभागको अनुगमन टोलीले ३४ वटा फरक-फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो ।

नेपाल बोत्तल बन्द पिउने पानी उद्योग संघले भने कारोबार पारदर्शी नभएको भन्दै पानी उद्योगमाथि कारबाही गरेको जनाएको छ ।संघका अध्यक्ष ध्रुव गौतमकाअनुसार कारोबार रकम एक करोड नाघेको तर प्यानमै कारोबार गरिरहेको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट