May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा

साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १४:१३
साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं–३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षिय ललित गुरुङको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सोमबार राती करिब १० बजे तिर कालिदह जंगलमा शिकार खेल्ने क्रममा उक्त घटना भएको हो ।
घटना लगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले बीरबहादुर गुरुङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भई रहेको समेत प्रहरीले जनाएको छ ।
शवको कानुनी प्रकृया पुरा गर्नको लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी सकेको र शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।