May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ?

रामनगरमा जैस्वलकाे भव्य स्वागत

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ २0:00
रामनगरमा जैस्वलकाे भव्य स्वागत

गनेश कुमार यादव
इनरुवा । सुनसरीको रामनगर भुटाहामा ॐ सनातन संस्कृति नेपालका अध्यक्ष राजु जैस्वाललाई भव्य स्वागतर गरिएकाे छ ।

बिहिवार श्री रामनवमी महाेत्व २०७९ कार्यक्रममा सहभागी हुन आएक जैस्वाललाई रामनगर भुटाहाका हिन्दु धर्मावलम्बीहरुले भव्य स्गागत तथा सम्मान गरेकाे हाे ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित रहेकाे श्रि रामजानकी मन्दिरबाट माेटरसाईकल र्याली निकाली इनरुवा बजार परिक्रमा गर्दै भाेक्राहा नरसिंह हुँदै जैस्वाल सहित उत्साहजनक सहभागीतामा उक्त र्याली रामनगर भुटाहा पुगेकाे थियाे ।

उक्त र्याली रामनगर भुटाहा पुग्नासाथ स्थानीय हिन्दु धर्मावलम्बीहरुले घरघरबाट निक्लेर “जय श्री राम”काे नरा लगाउँदै जैस्वालसंग रामनगर भुटाहा स्थित रहेकाे ६ वटा मन्दिर गएर पुजापाठ गरि हरिनगर गाउँपालिका वडा नं-१ स्थित रहेकाे हनुमान मन्दिर नीर काेण सभागरी उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

जैस्वाललाई फुलमाला,अबिर,राम नामकाे ताेलिया(गम्छा) लगाएर डिजेमा धार्मिक गित,भगवा झण्डा युवाहरुले लहराउँदै रामनगर भुटाहा बजार समृत परिक्रमा गराएका थिए ।

केहीदिन अगाडि जैस्वाल रामनगर भुटाहा आउँने कुरा समाजिक संजादमा भाइरल भएपछि रामनगर भुटाहा निवासी एकजनाले जैस्वाल धार्मिक द्वन्द फैलाउनेतथा अन्य विभिन्न किसिमका आराेप लगाएर मानिसहरुलाई भ्रमित पार्ने स्टाटस लेखेका थिए । उनले पाेष्ट गरेकाे स्टाटसमा जैस्वाललाई धाक धम्की लगायत विभिन्न किसिमका गाली गलाैज गरेकाे पाईएकाे थियाे । त्यति मात्र हाेईन उनले जैस्वालमाथी रामनगर भुटाहा वडा नं-१ स्थित रहेकाे शिव मन्दिरकाे विषयसंग पनि जाेडेर सामाजिक सत्भाव खल्वलाउनेगरि स्टाटसहरु लेखेका थिए ।

सुरुवत देखिनै सामाजिक सत्भाव खल्वलाउने शड्यन्त्र भएतापनि रामनगर भुटाहामा शान्तिपूर्ण तरिकाले र्याली तथा काेणसभा सम्पन्न भएकाे स्थानीय बताउँछन्।

स्थानीय भन्छन् ” समाजमा द्वन्द्व फैलाउने गरि जाेसुकैले जेसुकै टिक्का टिप्पणी गरेतापनी सबै जना बस्ने भनेकाे यै समाज हाे!,`हामी सबै जात धर्मकाे सम्मान गर्छाैं र असल नागरिक भएकाे प्रमाण दिन्छौं ।”

उक्त कार्यक्रममा कुनै अप्रिय घटना नहाेस् र शान्तिपूर्ण तरिकाले रामनवमीकाे शुभ अविरमा आयाेजना गरेकाे र्याली सफल हाेस भन्ने उदेश्यका साथ जिल्ला प्रहार कार्यालय सुनसरीले सबैकाे शुरक्षामा प्रहरीको समेत खटाएकाे थियाे ।

ॐ सनातन संस्कृति नेपाल सुनसरीकाे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ २0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।