May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज गरे अनुगमन

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:0६
कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज गरे अनुगमन

हेटौडा 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज अनुगमन गरेका छन् । हेटौंडाको आधुनिक राष्ट्रिय मावि र भुटनदेवी माविमा रहेको परीक्षा केन्द्रमा पुगेर मन्त्री श्रेष्ठले परीक्षा केन्द्रको अवस्था, सुरक्षा प्रबन्धलगायत विषयमा जानकारी लिँदै विद्यार्थीलाई परीक्षाको सफलताको शुभकामना दिए ।
मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टिमलाई धन्यवाद दिए । परीक्षालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको उनले बताए ।

त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान गर्दै विद्यालयका नर्सलाई परिक्षार्थीलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा सचेत रहन सम्बन्धित केन्द्राध्यक्षमार्फत् निर्देशन दिएका छन् ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुने र त्यसमा बागमती प्रदेशको मात्रै २० प्रतिशत विद्यार्थी सहभागी छन् ।

त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको जानकारी शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत विजय विडारीले जानकारी दिए ।

बागमती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको अधिकृत विडारीले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।