March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश

विवाह भएको ७ महिनामै झुण्डिएको अवस्थामा शव

  • साझा परिवेश
  • बिहिबार, मंसिर २२, २०७९ १७:४0
विवाह भएको ७ महिनामै झुण्डिएको अवस्थामा शव

काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा एक महिला घरनजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
अन्दाजी २५ वर्ष उमेरकी दीपा पराजुली थापा घरनजिकको रुखमा झुण्डिएको अवस्थामा मङ्गलवार बेलुका मृत अवस्थामा फेला परेको प्रहरी वृत्त थानकोट प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले बताए ।

मृतक महिलाको करिब सात महिला अघि सोही स्थानका आयुष भनिने सुन्दर थापासँग विवाह भएको थियो । माइती पक्षले विवाह पछि मृतकलाई दाइजोको विषयमा निरन्तर मानसिक यातना दिइँदै आएको दाबी गरिरहेका छन् ।

मृतकका बुबा रतन पराजुली आफ्नी छोरीलाई हत्या गरेर रुखमा झुन्ड्याइएको बताइरहेका छन्। मृतकको शव पोस्टमार्टमको लागि महाराजगन्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २२, २०७९ १७:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट