May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १३:0७
पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो

सुनसरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् ।

शुक्रबार (आज) बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यालमा तोडफोड गरिएको हो ।

बाक्लो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले वडा कार्यालयका सिसा तोडफोडसँगै डिजिटल बोर्ड समेत तोडफोड गरेका छन् ।
‘बन्द गर्ने सन्दर्भमा हामीले छलफल गरिरहेका थियौँ, बन्द गर्नका लागि सभ्य हिसाबमा छलफल भइरहेको थियो, अचानक ढुंगामुढा भयो,’ उनले टाकुरासँग भने, ‘बन्द गर्नु ठिक छ, तर क्षति हुने किसिमले वडा कार्यालयमा प्रहार गर्नु त ठिक भएन ।’

इटहरी २० मा तोडफोड गरेपछि आन्दोलनकारीहरू इटहरी १९ तर्फ गएका छन् ।

यस्तै, तरहरा प्रहरी चौकीको गाडी समेत तोडफोड गरिएको छ । ना १ झ ६२० नं. को प्रहरीको गाडी तोडफोड गरिएको हो ।
वडा कार्यालयमा पुुग्नेबित्तिकै आन्दोलनकारीहरूले प्रहरीको गाडी तोडफोड गर्न थालेका हुन् । ढुंगामुढाले प्रहार हुँदा केही प्रहरीहरूसमेत घाइते भएका छन् ।

पछिल्लो समय प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै पहिचान पक्षधरहरूले आन्दोलनका गतिविधिमा सक्रिय हुन थालेका छन् ।

शान्तिपूर्ण आन्दोलन र वार्तामार्फत माग सम्बोधन हुने भएपनि पहिचान पक्षधरले हिंसात्मक आन्दोलनमा सक्रिय हुँदा भौतिकसँगै मानवीय क्षति हुने कतिपयको विश्लेषण छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट