Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279
नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग – साझा परिवेश
May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने

नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १३:३७
नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग

Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279

काठमाडौं 

नेपालले काठमाडौं–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ । १ ५ चैतमा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड–१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप वितार गर्ने भन्दै सेवा पुनः सञ्चालनका लागि आग्रह गरिएको थियो ।
नेपालसँग सबै व्यापारिक नाका खुला गर्दै जाने चिनियाँ नीतिअनुसार गरिएको आग्रहमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्तालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । ‘हामीले हवाई सेवा सुचारु गर्न आग्रह गरेका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ रेग्मीले थपे, ‘विमानस्थल स्तोरन्नतीको काम भइरहेको र छिट्टै नेपालको आग्रहअनुसार आवश्यक निर्णय लिने बताउनु भएको छ ।’

ल्हासा–काठमाडौं सिधा उडान नहुँदा हाल काठमाडौं–छेन्दु–ल्हासा र ल्सासा–छेन्दु–काठमाडौं गरी घुमाउरो रुटमा हवाई सेवा जोडिएको छ ।
चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै २०७६ माघदेखि चिनियाँ वायुसेवा कम्पनीहरुले विभिन्न मुलुकको उडान रोकेका थिए । सोही अनुसार नेपालमा हुने उडान समेत रोकिएको थियो । नेपाल सरकारले ११ चैत २०७६ मा मुलुक भित्रै लकडाउन सुरु गरेपछि त्यसयता सो रुट बन्द छ ।

कोभिड–१९ पछि पछिल्लो समय नेपाल र चीन जोड्ने गरी ५ वटा वायुसेवा कम्पनीले नियमित उडान थालिसकेका छन् । जसमा एयर चाइना र सिचुवान एयरलाइन्सले छेन्दु–काठमाडौं, चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वाङझाउ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौंसँग जोड्ने गरी समर सेड्युल स्वीकृत गराएका छन् ।

  • साझा परिवेश
  • -