May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट 

विराटनगर बजारमा नो पार्किङ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १२:११
विराटनगर बजारमा नो पार्किङ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय

व्यापारीले अवज्ञा गरेपछि महानगरपालिकाले नो पार्किङ अभियानलाई थप कडाइ गर्ने निर्णय गरेको छ । विराटनगर महानगरपालिकाले मेन रोडको जलजला चोकदेखि ट्राफिक चोकसम्म र अन्य भित्री सडकमा पार्किङ निषेध गरेको थियो ।

व्यापारीले अवज्ञा गरेपछि महानगरपालिकामा स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायको बैठकले पार्किङ निषेधित क्षेत्र –नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

विराटनगर महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

आइतबार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन् ।
अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि दबाब आएको मेयर नागेश कोइरालाले बताए ।

मेयर कोइरालाले वैकल्पिक पार्किङलाई व्यवस्थित बनाउँदै लैजाने बताए । उनले सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने बताए ।

महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।
बैठकमा यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समेत सहयोग गर्ने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले भीआईपीको आउजाउ भइरहने स्थानमा राम्रो ट्राफिक व्यवस्थापन भए देशभरी राम्रो सन्देश जाने बताए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट