April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थप

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० 0८:१८
कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थप

काठमाडौँ । पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न दुई दिनको समय थपिएको छ । वैदेशिक रोजगार विभागले आवेदन दिने समय दुई दिन थप गरेको हो ।

यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा अहिले दुई दिन थप गरी पुस २० सम्म पुर्‍याइएको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ ।

गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी दुई जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।

अर्कोतर्फ फाराम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० 0८:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।