May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोरोनाको नयाँ भेरियन्ट, भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपाल पनि जोखिममा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १७:१४
कोरोनाको नयाँ भेरियन्ट, भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपाल पनि जोखिममा

पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.ज्ञट नेपालमा पनि देखा परेको छ। हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट देखिएको हो।

विज्ञहरूका अनुसार ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ। भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टी हुन्छ। सोमबारमात्र भारतमा पाँच महिनायताकै धेरै अर्थात् झन्डै चार हजार जनामा संक्रमण देखिएको छ।राजधानी नयाँदिल्ली, मुम्बईसहित दक्षिणी भारतीय सहरहरूमा अहिले संक्रमण तीव्र भइरहेको छ।
विश्वभरको अवस्था हेर्दा कोरोनाका दुईटा नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.ज्ञट र ह्द्यद्य.ज्ञ.छ बढी सक्रिय छन्। यीमध्ये ह्द्यद्य.ज्ञ.छ बढी अमेरिकामा देखिएको छ भने ह्द्यद्य.ज्ञ.ज्ञट बढी भारतमा फैलिरहेको छ। यी दुईमध्ये भारतमा फैलिरहेको ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट बढी संक्रामक छ।

छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।

यी दुबै ह्द्यद्य.ज्ञ.ज्ञट र ह्द्यद्य.ज्ञ.छ भेरियन्ट सन् २०१९ मा दक्षिण अफ्रिकामा पहिलो पटक फेला परेको ओमिक्रोन भेरियन्टकै उपप्रजाति हो। नेपालमा गतवर्ष नै ओमिक्रोन भेरियन्ट देखिसकेको छ। यद्यपि त्यसकै नयाँ उपप्रजातिको रूपमा विकसित भएका यी दुई भेरियन्टहरू अमिक्रोनभन्दा बढी संक्रामक रहेको भनिएको छ। जसले गर्दा संक्रमण बढ्नसक्ने विज्ञहरू बताउँछन्।
भाइरोलोजिष्ट डाक्टर लुना भट्ट भन्छिन्, ’अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये ह्द्यद्य.ज्ञ.ज्ञट बढी संक्रामक देखिएको छ। हामी धेरै गम्भीर हुनुपर्ने विषय यसले हाम्रो शरीरको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लाई छल्नसक्छ। त्यसैले संक्रमण एकदम बढ्न सक्छ।’

ओमिक्रोनकै उपप्रजाति भएकाले अहिले देखिएका नयाँ भरियन्ट अघिल्लो भेरियन्ट ’डेल्टा’ जस्तो घातक नहुने देखिएको उनले बताइन्।

नेपालमा गत वर्ष ओमिक्रोन भेरियन्टको संक्रमण व्यापक फैलिएको थियो। संक्रमण फैलिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या डेल्टा भेरियन्टको बेलाजस्तो थिएन। अस्पताल भर्ना भएकाहरूमा पनि धेरैलाई भेन्टिलेटर चाहिएको थिएन।
अहिले अमेरिकामा त्यस्तै अवस्था रहेको भाइरोलोजिष्ट भट्ट बताउँछिन्। अमेरिकामा नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.छ का कारण संक्रमण तीव्र भए पनि संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

’ओमिक्रोनभन्दा डेल्टा भेरियन्ट निकै डरलाग्दो थियो। किनभने डेल्टाले फोक्सोमा असर गर्थ्यो जसले गर्दा कतिले निमोनियाका कारण ज्यान गुमाए,’ भट्ट भन्छिन्, ’तर ओमिक्रोनका बेला धेरैलाई भेन्टिलेटर नै चाहिएको थिएन किनभने यसले फोक्सोमा भन्दा पनि घाँटीमा संक्रमण गर्थ्यो।’
अहिले देखिएका नयाँ भेरियन्टहरू पनि ओमिक्रोनकै उपप्रजाति भएकाले डेल्टाजस्तो घातक नरहेको उनी बताउँछिन्। तर नयाँ भेरियन्ट बढी संक्रामक रहेकाले नेपालमा आगामी दिनमा संक्रमण बढ्न सक्ने उनको भनाइ छ।

अर्का भाइरोलोजिष्ट डाक्टर वासुदेव पाण्डे पनि नयाँ भेरियन्ट डेल्टाजस्तो घातक नदेखिए पनि अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेकाले नेपालमा संक्रमण बढ्न सक्ने बताउँछन्। उनले भारतमा पनि नयाँ भेरियन्टका कारण संक्रमण फैलिरहेको उल्लेख गर्दै नेपालमा पनि संक्रमण बढ्न सक्ने बताए।
नयाँ भेरियन्ट बढी घातक नरहे पनि यसले दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी असर गर्न सक्ने हुँदा सतर्कता अपाउनु पर्ने दुबै भाइरोलोजिष्टको सुझाव छ। यस्ता समूहका मानिसहरूमा कोरोनाको जुनै भेरियन्ट आए पनि जोखिम हुने उल्लेख गर्दै परिवारका अन्य सदस्यले ख्याल प¥याउनु पर्ने उनीहरूको भनाइ छ।

पछिल्लो समय मानिसहरूले मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका कारण पुनः यसलाई पालना गर्नुपर्ने उनीहरूको जोड छ। साथै सरकारले पनि नयाँ भेरियन्टका कारण निम्तिने जोखिमलाई मध्यनजर गर्दै विमानस्थल र भारतसँग जोडिएका नाकाहरूमा निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ।

यसका साथै सरकारले सबैका लागि खोपको बुस्टर डोजको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै भट्ट भन्छिन्, ’सुरूमा त बुस्टर डोज लगाउनै पर्यो ’मोर्डेना र फाइजर’ भयो भने राम्रो तर त्यसबाहेक पनि जुन छ त्यो लगाउँदा पनि हुन्छ। त्यसैले अब सरकारले नागरिकका लागि यहाँ–यहाँ बुस्टर डोज लगाइन्छ भनेर भन्नुपर्छ।’

कोरोनाको लक्षण देखिए बेलैमा परीक्षण गराउनु पर्ने उनीहरूको भनाइ छ। भाइरोलोजिष्ट भट्टका अनुसार नयाँ भेरियन्टको लक्षण सामान्यतः ज्वरोबाट सुरू हुन्छ। त्यसपछि जीउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, मांशपेशी दुख्ने, आलस्य हुने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखिन सक्छन्। त्यसबाहेक कतिपयलाई पेट दुख्ने र पखला चल्नेजस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिनासाथ परीक्षण गराउनु पर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भारतमा संक्रमण फैलिरहेको हुँदा नेपालमा पनि संक्रमण बढ्नसक्ने उल्लेख गर्दै सबैलाई सतर्क रहन अपिल गरेको छ। साथै भारतसँग सीमा जोडिएका नाकाहरूमा परीक्षणलगायत निगरानी बढाइएको मन्त्रालयले जनाएको छ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।