October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

चीनको निम्तो इन्कार गरि दिल्ली भ्रमणको तयारीमा प्रचण्डको

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0८:२५
चीनको निम्तो इन्कार गरि दिल्ली भ्रमणको तयारीमा प्रचण्डको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी तीव्र पारेका छन् । औपचारिक मिति तय नभए पनि बैशाख दोस्रो साता प्रधानमन्त्री भारत भ्रमणमा जाने सम्भावना छ । यसअघि चीनबाट औपचारिक कार्यक्रममा सहभागी हुन आएको निम्तो स्वीकार नगरेका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा भने अस्वभाविक चासो देखाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको आन्तरिक तयारी तीब्र छ । तर भ्रमणको औपचारीक मिति भने तय भएको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाखको दोस्रो साताभित्र हुने बताएकी छन् ।

प्रस्तावित भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतलाई विद्युत् बिक्री गर्ने विषयमा सम्झौता गर्नका लागि प्रस्ताव तयार गरिएको बताइएको छ । गत फागुनमा भारतीय विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्रीसँगको भेटमा भारत भ्रमणको निम्तो दिएका थिए । सोही निम्तोका आधारमा भारत भ्रमणको तीव्र तयारीमा प्रधानमन्त्री देखिएका हुन् ।

भारत भ्रमणको तीव्र मोह राख्दा गत फागुनमै चीनबाट आएको निम्तोलाई भने प्रधानमन्त्रीले इन्कार गरेका थिए । नेपालमा कार्यभार लिएर आएका चिनियाँ राजदूत चेन सोङले गत फागुन १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेरै बोआओ फोरममा सहभागिता जनाउन निम्तो दिएका थिए । चिनियाँ निम्तोलाई प्रधानमन्त्री सचिवालयले सार्वजनिक रुपमै जानकारी गराएको थियो । तर निम्तो आएको ३४ औं दिनमा सुरु हुने बोआओ फोरममा प्रचण्ड सहभागी भएनन् ।

त्यसैले प्रधानमन्त्री प्रचण्डको रुची चीन भन्दा भारत भ्रमणमा अधिक रहेको बुझ्न कठीन छैन । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले यसअघि पुस ३० मा सम्पादकहरुसँग अन्तरक्रियाका क्रममा आफ्नो पहिलो औपचारीक भ्रमण भारतबाट हुने र त्यसको लागि तयारी सुरु भएको जनाएका थिए । त्यतिमात्र होइन, प्रधानमन्त्री नियुक्त भएलगत्तै एक भारतीय संचारमाध्यमसँग अन्तरवार्ता दिँदै आफू भारतप्रति सकारात्मक रहेको र पहिलो भ्रमण भारतबाटै गर्ने बताएका थिए ।

पछिल्लो समय भारतप्रति नरम नीति अपनाएका प्रधानमन्त्री प्रचण्डले भारतबाट आयातित तरकारीको विषादी परीक्षण नगर्ने निर्णय गराए ।

खासगरी कम्युनिष्ट नेतृत्वको सरकारको विदेशनीति भारत भन्दा चीनसँग लचक हुने गरेको विगत छ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए, जसका कारण भारत चिढिएको थियो । भारतलाई सन्तुलनमा राख्न दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्ड हतारहतार भारत भ्रमणमा निस्किए । सन्तुलित र असंलग्न परराष्ट्र नीति अख्तियार गर्नुपर्नेमा भारतलाई प्रसन्न बनाउने सरकारको नीतिले नेपाल चीन सम्बन्धमा भने दरार आउन सक्नेमा जानकारहरु चिन्ता व्यक्त गर्छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्