April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

डलर बोकेर विदेश उड्न खोज्ने ११ जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:३४
डलर बोकेर विदेश उड्न खोज्ने ११ जना पक्राउ

काठमाडौं 

शंकास्पद ३३ हजार अमेरिकी डलर बोकेर क्रोएसिया र रोमानिया हिँडेका ११ जना त्रिभुवन विमानस्थलबाट बुधबार  परेका छन्।
विमानस्थल सुरक्षा प्रमुख एसएसपी लालमणी आर्चायका अनुसार उनीहरू सवैजना भिजिट भिषामा विदेश जाँदै थिए। आवश्यक कागजपत्र सवै ठीकठाक नै थियो।

उनीहरू प्रत्येकले ३÷३ हजार अमेरिकी डलर बोकेका थिए। सुरक्षा चेकजाँचका क्रममा उक्त अमेरिकी डलरका विषयमा उनीहरूले जानकारी दिन सकेनन्। उनीहरूको पासपोर्टमासमेत डलरको विषयमा जानकारी गराइएको थिएन।

उनीहरू फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेका थिए । उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। प्रहरी अनुसन्धानका क्रममा उनीहरू दुबईलाई ट्रान्जिट बनाइ रोमानिया र क्रोएसिया जान लागेको खुलेको छ। एसएसपी आर्चाय भन्छन्, ‘कागजात ठीकठाक भएपनि उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा थिएन। उनीहरूको यात्रा शंकास्पद देखिएका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।’
अनुसन्धानका क्रममा उनीहरूले उक्त रकम आफ्नै व्यक्तिगत प्रयोजनका लागि लैजान लागेको बताएका थिए। डलर साट्दा पासपोर्टमा नै बैंकले लगाउने संकेत थिएन। अमेरिकी डलरको स्रोतसमेत उनीहरूले खुलाउन सकेनन्।

पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे, बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र सोलुखुम्बुका दोर्जी तामाङ रहेका छन्।

ग्लोबल रिक्रूटमेन्ट मेनपावरबाट उनीहरू दुबई जाँदै थिए । बरामद रकम मेनपावर सञ्चालककै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई राजस्व कार्यालय हरिहरभवन पठाइएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।